काठमाण्डौ । हिन्दु धर्ममा फरक–फरक दिनमा विभिन्न देवीदेवताको उपासना हुन्छ । शनिबार शनिदेवको पूजा हुन्छ । शनिदेवलाई कर्मफलदाताका रुपमा पनि चिनिन्छ । हिन्दु धर्मशास्त्र अनुसार त्रिदेवपछि सबैभन्दा शक्तिशाली देवताका रुपमा शनिदेवलाई नै मानिन्छ । मानिसमात्र नभएर देवतालाई पनि आफ्नो कर्म अनुसारको दण्ड वा पुरस्कार दिने अधिकारी शनिदेव नै हुन् । शनिबार शनिदेवको दृष्टिबाट बच्नका लागि मानिसहरु विभिन्न पूजाआजा गर्दछन् । कोही शनिदेवलाई तेल चढाउँछन् त कोही शनिग्रहसँग सम्बन्धित वस्तु चढाउँछन् ।
शनिको प्रकोपबाट मानव जीवनमा विभिन्न समस्या उत्पन्न हुने मानिँदै आएको छ । शनिको प्रकोपले घरको सुःख शान्ति नै सकिने भन्ने मान्यताका कारण जो कोही शनिको प्रकोपसँग त्रसित हुन्छन् । घरभित्र कहिले पनि फोहोर जम्मा हुन नदिनुहोस् । यसले शनिदेव मात्रै होइन, घरभित्र अलक्षीन लाग्ने बुढापाकाहरु बताउँछन् । त्यसैले सरसफाइमा बढी ध्यान दिनुहोस् ।
वास्तुशास्त्र अनुसार घरमा शनिको स्थान स्टोर रुमलाई मानिन्छ । त्यसैले स्टोर रुमलाई दैनिक सफाई गर्नुहोस् । स्टोरमा फोहोर हुनाले शनिदेव रुष्ट हुने बताइन्छ । कालो कुकुर शनिको सबैभन्दा प्रिय जनावर हो । यदि तपाइँले घरमा कालो कुकुर पाल्नुभएको छ भने त्यसको रेखदेखमा पूरा ध्यान दिनुहोस् । शनिदेवलाई मनाउन मंगलबार हनुमान चालिसाको पाठ गर्नु उपयुक्त मानिन्छ ।