काठमाडौँ । भगवान् शिवको उपासना गर्दा हर प्रकारका कष्ट निवारण हुने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । शिव प्रसन्न भएमा जीवनमा कुनै सङ्कट नआउने धार्मिक मान्यता छ । करौडौ श्रद्धालु हरेक दिन भगवान् शिवको पूजा आराधना गर्दछन् । तर शिवलाई प्रसन्न पार्ने नाममा कहिलेकाहीँ केही विधि र सामग्रीमा ख्याल पुर्याइएन भने यसबाट शिवलाई प्रसन्न पार्न सकिन्न । त्यसैले शिवको पूजा गर्दा यी विषयमा विचार पुर्याउनुपर्छ ।
- १. भगवान शिवलाई तुलसीको पात वा तुलसीको कुनै पनि सामग्रीबाट पूजा गर्नुहुँदैन । तुलसीलाई विष्णु निकट मानिन्छ, जसलाई शिवले स्विकार गर्दैनन् । यसर्थ शिवको उपासनामा तुलसी चढाउनु बर्जित छ ।
- २. तिल वा तिलबाट बनेका कुनै पनि प्रसाद, तेल लगायतका कुनै पनि वस्तु भगवान शिवलाई अर्पण गर्नुहुँदैन । तिल भगवान विष्णुको मयल(मैलो)बाट उत्पन्न भएको मानिन्छ । यसर्थ तिल भगवान शिवलाई चढाउनु बर्जित छ ।
- ३. भगवान शिवको उपासनामा बेसार पनि चढाउनु हुँदैन । बेसारको सम्बन्ध भगवान विष्णु र सौभाग्यसँग रहेको छ । अन्यथा बेसार चढाउने ब्यक्तिको चन्द्रमा पक्ष कमजोर भई मन चञ्चल हुन्छ । कुनै पनि क्षेत्रमा परीपक्क काम गर्न सकिदैन ।
- ४. भगवान शिवलाई उमालिएको दुध पनि चढाउनु हुँदैन । उमालिएको दुधबाट शिवको अभिषेक गर्नु हानिकारक मानिन्छ । शिवलिंगको अभिषेक सदैव चिसो पानी वा काँचो दुधबाट गर्नुपर्दछ ।
- ५. भगवान शिवलाई नरीवल चढाउन सकिन्छ । तर नरीवलको पानिको अभिषेक गर्नुहुँदैन । अन्यथा धन हानी हुन्छ ।
- ६. भगवान शिवलाई अक्षता अर्थात रातो रंगमा मुसिएको चामल चढाउँनु हुँदैन ।
- ७. टुक्रिएको चामल अर्थात कनिका समेत शिवलाई अर्पण गर्न बर्जित छ ।
- ८. भगवान शिवलाई शंख अर्पण गर्नुहुँदैन । शंखलाई शिवले बध गरेको असुरको प्रतीक मानिन्छ।
- ९. कालो रंगको वस्त्र पहिरीएर शिब पुजन गर्नुहुँदैन । शिवलाई प्रसन्न पार्न गेरु वस्त्रको धारण उत्तम मानिन्छ ।
- १०. शिवलिंगमा चढाइएको प्रसाद भक्तले ग्रहण गर्नु हुँदैन, यसबाट दुर्भाग्य निम्तिन्छ ।
i love this outstanding post